Kathmandu Press

मस्कोद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो।
मस्कोद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

मस्को, फागुन ५ :  रुसले यहाँस्थित अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ।

रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो। 

मस्कोले निष्कासन गरेका ती कर्मचारीलाई यही फागुन ११ गतेभित्रमा रुस छाड्न आदेश दिएको छ। रुसी विदेश मन्त्रालयले रुसका लागि अस्ट्रियाका राजदूत वर्नर आल्मोफरलाई बिहीबार बोलाएर आफ्ना चार जना कर्मचारी भिएनाले निष्कासन गरेकामा त्यसका विरोध गर्दै त्यति नै सङ्ख्यामा अस्ट्रियाली अधिकारीलाई निष्कासन गरेको जानकारी दिएको हो। साथै मस्कोले अस्ट्रियाको अनुचित कदमबाट द्विपक्षीय सम्बन्धमा गम्भीर क्षति पुगेको जनाएको छ।

गत माघ १९ गते अस्ट्रियाले रुसी दूतावासका दुई कूटनीतिज्ञ र संयुक्त राष्ट्र सङ्घका लागि भिएनास्थित स्थायी नियोगका दुई कूटनीतिज्ञलाई अस्वीकार गर्दै कूटनीतिक सुरक्षा एवम् उन्मुक्ति नदिने घोषणा गरेको थियो। कूटनीतिक सुरक्षा एवम् उन्मुक्तिबाट वञ्चित भएपछि कुनै पनि त्यस्ता कूटनीतिक कर्मचारी आतिथेय मुलुकबाट तत्काल आफ्नो देश फर्कने प्रचलन छ।

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, फागुन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्