Kathmandu Press

सामसुङको ग्यालेक्सी एस-२३ बजारमा

सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो।
सामसुङको ग्यालेक्सी एस-२३ बजारमा

सियोल, फागुन ५ : दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ। 

सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो। ग्यालेक्सी एस २३ शृङ्खला दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहितका ५५ देशमा सार्वजनिक गरिएको छ।

ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ उपलब्ध भएका देशहरुको सङ्ख्या क्रमशः बढेर करिब १३० पुग्ने सामसुङले जनाएको छ।

पछिल्लो सात दिनमा नयाँ स्मार्टफोनका लागि घरेलु प्रिअर्डर १।०९ मिलियन पुगेको छ, जुन ग्यालेक्सी एस २२ श्रृङ्खलाको लागि कम्पनीको १० लाख २० हजार माग आएको र यो मागले कम्पनीको अर्डरको अघिल्लो रेकर्डलाई उछिनेको छ।

सामसुङको मोबाइल फोन व्यवसायका प्रमुख टीएम रोहले भन्नुभयो, “यस वर्षको लागि आएको पूर्व मागको सङ्ख्याले हाम्रा ग्राहकहरूको हाम्रो ब्रान्डप्रतिको बलियो विश्वासलाई प्रतिबिम्बित गर्दछ र ‘ग्राउन्ड ब्रेकिंग इनोभेसन’ र स्बिथरताप्रतिको हाम्रो प्रतिबद्धता कसरी उपभोक्तामाझ प्रतिध्वनित भइरहेको छ भन्ने देखाउँछ। 

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्