सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको आइपिओ बाँडफाँटमा ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
काठमाडौं, फागुन ५ : सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। कम्पनीले माघ २३ गते सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको आइपिओ बाँडफाँटमा ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
आइपिओमा १३ लाख २२ हजार ४९२ जनाले १ करोड ४३ लाख २७ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिएकामध्ये १३ लाख १८ हजार ३२० आवेदन स्वीकृत भएको हो। ती स्वीकृत आवेदनबाट गोलाप्रथाका माध्यमले आइपिओ बाँडफाँट गरिएको हो।
कम्पनीले इलाममा ७ दशमलव ८ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ।
प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार