Kathmandu Press

युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन चीनलाई इटालीको आग्रह

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब दिन आग्रह गरेका हुन्। 
युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन चीनलाई इटालीको आग्रह

रोम, फागुन ५ : युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ। 

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब दिन आग्रह गरेका हुन्। 

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तापछि ताजानीले जारी गरेको वक्तव्यमा भनिएको छ, 'शान्तिको दिशामा अघि बढ्न चीनले आधारभूत भूमिका खेल्नुपर्छ।'

'बेइजिङले यस दिशामा प्रतिबद्धता जनाउन तयार छ भन्नेमा म विश्वस्त छु,' उनले भने। युरोपेली भ्रमणको अन्त्यमा वाङले रूसको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

वाङसँगको वार्तामा ताजानीले कूटनीति, प्रभावकारी प्रतिबन्ध, मानवीय सहायता र ‘न्यायोचित शान्ति’का लागि वातावरण निर्माण गर्न रूसलाई दबाब दिनुपर्ने आवश्यकतालाई दोहोर्‍याएको थियो।

याङले बुधबार पेरिसको भ्रमण गर्दा उहाँ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सको राष्ट्रपतिकोे कार्यालयले जनाएको छ।

सन् २०२१ मा चीनमा मुस्लिम उइगर समुदायमाथि दमन भएको भन्दै विरोधमा बेइजिङमाथि प्रतिबन्ध लगाएपछि चीन र युरोपियन युनियनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। जवाफमा चीनले पनि ईयूविरूद्ध केही प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, फागुन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्