Kathmandu Press

अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा आइओएमइडी प्रभावकारी हुने चीनको विश्वास

संगठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा  मञ्च क्रियाशील हुने विश्वास व्यक्त गरे। 
अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा आइओएमइडी प्रभावकारी हुने चीनको विश्वास

बेइजिङ, फागुन ५ : चिनियाँ विदेशमन्त्री छिन गङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिएको छ।

संगठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा  मञ्च क्रियाशील हुने विश्वास व्यक्त गरे। 

Hardik ivf

मध्यस्थताको माध्यमबाट अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्न समर्पित विश्वको पहिलो अन्तरसरकारी संस्था आइओएमइडी संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने सिद्धान्तको अभ्यास महत्वपूर्ण निकाय भएको चिनियाँ विदेशमन्त्रीले बताउनुभयो। आइओएमइडी विश्वसनीय एवम्  व्यावसायिक संस्था हुनुपर्नेमा पनि उहाँले जोड दिए। 

पारस्परिक सम्मानको सिद्धान्तलाई आत्मसात गर्दै सन्तुलित विकास, व्यापक परामर्श र संयुक्त योगदानको आधारशिलामा उभिएर  खुलापन एवम् समावेशीताको भावनालाई कायम राख्न आइओएमइडी  सक्रिय हुनुपर्ने सुझाव विदेशमन्त्री  छिनले दिए।

विकासोन्मुख देशहरूको सहभागिता बढाउन तथा ती  देशका मध्यस्थकर्तालाई तालिम दिन, अन्तर्राष्ट्रिय विवाद समाधान संयन्त्रलाई न्यायपूर्ण र सबैका लागि लाभदायक बनाउने काम गर्न उहाँले आग्रह गरे।

समारोहमा इन्डोनेसिया, पाकिस्तान, लाओस, कम्बोडिया, सर्बिया, बेलारुस, सुडान, अल्जेरिया र जिबुटीलगायत आइओएमइडीको स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका देशका प्रतिनिधि सहभागी थिए।

प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्