Kathmandu Press

चीनले सन् २०२५ सम्ममा आक्रामक बिरुवाको विस्तारलाई नियन्त्रण गर्ने

चीनले सन् २०२५ सम्ममा आक्रामक बिरुवाको विस्तारलाई नियन्त्रण गर्ने

फुझोउ, फागुन ४ : चीनले देशको तटीय सिमसार क्षेत्रको पारिस्थितिक सुरक्षा सुनिश्चित गर्न आक्रामक बिरुवा स्पार्टिना अल्टरनिफ्लोराको विस्तार रोक्न विशेष अभियान शुरु गरेको छ।

चीनले विभिन्न प्रान्तमा ९० प्रतिशतभन्दा बढी क्लियरेन्स दरका साथ सन् २०२५ सम्ममा राष्ट्रिय वनस्पतिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने लक्ष्य राखेको राष्ट्रिय वन तथा ग्रासल्याण्ड प्रशासनले जनाएको छ। सन् १९७९ मा चीनमा ल्याइएको स्पार्टिना अल्टरनिफ्लोरा देशको तटीय क्षेत्रहरूमा तीव्र गतिमा विस्तार भएको छ र तटीय माटोमा सबैभन्दा हानिकारक एलियन इनभेसिव बिरुवाको रूपमा चुनौती समेत बनेको छ ।

चीनको करिब ६८ हजार हेक्टर क्षेत्रफलमा फैलिएको यो बिरुवा जियाङसु, झेजियाङ, फुजियान र शानडोङ प्रान्तका साथै सांघाई नगरपालिकामा व्यापक रूपमा उम्रने गरेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ। 

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, फागुन ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्