चिनियाँ प्रहरीद्वारा लागुऔषध गिरोह पक्राउ
होहोट, फागुन ४ : उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको प्रहरीले लागुऔषध कारोबारीहरूलाई कारबाही गर्दै १०३ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ भने र ७६.९५ केजी लागुऔषध समेत बरामद गरेको छ ।
एर्दोस शहरको दलद सार्वजनिक सुरक्षा ब्युरोका अनुसार संदिग्ध व्यक्तिहरू चीनको २० भन्दा बढी प्रान्तीय-स्तरका क्षेत्रहरूमा रसद डेलिभरीको माध्यमबाट विदेशबाट लागुपदार्थको तस्करी र ओसारपसार कार्यमा संलग्न रहेको बुझिएको छ ।
दलद ब्यानरमा प्रहरीले पहिलो पटक सन् २०२२ मार्चमा लागुऔषध कारोबारका घटना पत्ता लगाएको थियो। प्रहरीका अनुसार यी लागुऔषध तस्करहरूले अफलाइन खरिदकर्ताहरू खोज्न अनलाइन प्लेटफर्महरू प्रयोग गर्ने गरेको र झुटो विवरण पेश गरी कारोबार गर्ने गरेको बुझिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१