Kathmandu Press

कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो।  
कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

इस्लामावाद, फागुन ३ : उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन्।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो।  

कोहाट जिल्लाको दर्रा आदमखेल क्षेत्रको कोइला खानीमा  विष्फोट हुँदा चार जना खानी मजदुर फसेका थिए। उनीहरूलाई घाइते अवस्थामा उद्धार गरिएको प्रान्तीय उद्धार सेवाले जनाएको छ।

उद्धारका क्रममा एक जना उद्धारकर्मी पनि घाइते भएका छन्। विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, फागुन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्