Kathmandu Press

‘वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड लिने लक्ष्य भएकाेमा ३८ अर्ब ४५ करोडमा संशोधन’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा बजेटको मध्यावधि समीक्षा प्रस्तुत गर्दै वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने लक्ष्य रहेकोमा १ खर्ब ७० अर्ब ५३ करोड मात्रै जुटाउने संशोधित अनुमान रहेको जानकारी दिएका हुन्।
‘वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड लिने लक्ष्य भएकाेमा ३८ अर्ब ४५ करोडमा संशोधन’

काठमाडौं, माघ २९ : सरकारले वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँ लिने लक्ष्य रहेकोमा ३८ अर्ब ४५ करोड लिने संशोधित अनुमान गरेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा बजेटको मध्यावधि समीक्षा प्रस्तुत गर्दै वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने लक्ष्य रहेकोमा १ खर्ब ७० अर्ब ५३ करोड मात्रै जुटाउने संशोधित अनुमान रहेको जानकारी दिएका हुन्।

आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब जुटाउने सुरुको लक्ष्य रहेकोमा संशोधन गरी २ खर्ब ४० अर्ब मात्रै परिचालन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री पौडेलले बताए। अर्थमन्त्री पौडेलले पछिल्लो समय विदेशी मुद्राको सञ्चितिमा सुधार आएको दाबी गरे।

अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको प्रथम ६ महिनामा बाह्य क्षेत्रका केहि परिसूचकहरमा तुलनात्मक सुधार भएपनि यसलाई दिगो बनाउदै मौद्रीक क्षेत्र र सरकारी वित्तमा देखिएको चूनौति समाधान गरी अर्थतन्त्रलाई कोरोनापूर्वकै अवस्थामा फर्काउन अपरिहार्य रहेको बताए।

राजस्व र व्ययको संशोधित अनुमान गर्दा चालु आर्थिक वर्षको बाँकी अवधिमा आर्थिक गतिविधि विस्तार हुँदै जाने र राजस्व सङ्कलनमा क्रमशः सुधार हुने अपेक्षा गरिएको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सरकारी, निजी र सहकारी क्षेत्रको योगदान हुने र सरकारले शुरु गरेका सुधार प्रयासले सकारात्मक नतिजा ल्याउने अपेक्षा गरे।

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्