चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री पाैडेल
उनले पर्यटन क्षेत्रमा केही सुधार हुँदै जानु सकारात्मक पक्ष भएको बताए। उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न नसकेकाले आर्थिक गतिविधिमा सुस्तता छाएको उनको भनाइ थियो।
काठमाडौं, माघ २९ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन्।
कृषि क्षेत्रतर्फ धान उत्पादन गत वर्षभन्दा सामान्य मात्र वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री पौडेलले बताए। उनले पर्यटन क्षेत्रमा केही सुधार हुँदै जानु सकारात्मक पक्ष भएको बताए। उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न नसकेकाले आर्थिक गतिविधिमा सुस्तता छाएको उनको भनाइ थियो।
चालु आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा पुस मसान्तसम्म आइपुग्दा ७.२६ पुगेको उनले बताए। चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल आन्तरिक कर्जा २.८ ले र बैंक तथा वित्तीय संस्थाहरुले संकलन गर्ने निक्षेप ४.२ प्रतिशतले वृद्धि भएको उनले बताए। चालू आर्थिक वर्षका सुरुवाती चरणमा बैंकिङ प्रणालीमा आर्थिक तरलताको अभाव रहे पनि पछिल्लो अवस्थामा सुधारोन्मुख रहेको उनले बताए।
तरलता दबाबको स्थितिका कारण अल्पकालीन ब्याजदर बढेका छन््। २०७९ पुसमा बै.क तथा वित्तीय संस्थाहरूबीचको औसत अन्तर बैंक दर ७.५३ प्रतिशत र ९१ दिनको ट्रेजरी बिलको भारको औसत ब्याजदर १०.८९ प्रतिशत रहेको उनले बताए।











