Kathmandu Press

शैलुङ बहुउद्देश्यीय सहकारीमा नयाँ नेतृत्व, पुनः अध्यक्ष बने गुञ्जमान मगर

साँगुरीगढी-६ स्थित नाम्जेमा आज (शनिबार) सम्पन्न साधारणसभा तथा अधिवेशनले चयन गरेको ११ सदस्यीय नयाँ सञ्चालक समितिको उपाध्यक्षमा जानुका मगर, सचिवमा बालकृष्ण राई र कोषाध्यक्षमा अन्जना मगर छन्।
शैलुङ बहुउद्देश्यीय सहकारीमा नयाँ नेतृत्व, पुनः अध्यक्ष बने गुञ्जमान मगर

धनकुटा, माघ २८ : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित शैलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८औं साधारणसभा तथा सातौं अधिवेशनले गुञ्जमान मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

साँगुरीगढी-६ स्थित नाम्जेमा आज (शनिबार) सम्पन्न साधारणसभा तथा अधिवेशनले चयन गरेको ११ सदस्यीय नयाँ सञ्चालक समितिको उपाध्यक्षमा जानुका मगर, सचिवमा बालकृष्ण राई र कोषाध्यक्षमा अन्जना मगर छन्।

त्यसैगरी सदस्यहरूमा शेरबहादुर मगर, कृष्णबहादुर राई, कुमारी मगर, देवीकुमारी मगर, नरमाया मगर, खड्गबहादुर सारु मगर र दीपसागर थापा मगर छन्। सञ्चालक समितिको अध्यक्षमा यसअघि पनि गुञ्जमान नै थिए। 

sahakari 123451676120887.jpg

साधारणसभा तथा अधिवेशनले तीन सदस्यीय लेखा समिति पनि बनाएको छ। अनिलकुमार राना मगरको संयोजकत्वमा गठित लेखा समितिमा मेरी आले मगर र मीनाकुमारी थापा मगर सदस्य छन्। 

२०५१ सालमा स्थापना भएकाे उक्त सहकारीमा ११२ जना  सेयरधनी सदस्य रहेको नवनिर्वाचित कोषाध्यक्ष राईले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष गुञ्जमानका अनुसार सहकारीमा सेयर पुँजी ७ लाख ५१ हजार र कुल बचत रकम ६३ लाखभन्दा बढी छ। सहकारीले बालबचत र वृद्ध बचत खाता पनि सञ्चालन गर्दै आएको उनले बताए। हाल बाल बचत खाता ५१ जनाको रहेको उनले जानकारी दिए।

sahakari 11676120887.jpg

उक्त सहकारी कृषि क्षेत्रको विकासमा केन्द्रित रहँदै आएको छ। सहकारीले विगत केही वर्षदेखि कृषि ज्ञान केन्द्रसँग सहकार्य गरेर लक्षित क्षेत्र तथा समुदायमा कृषि उपजको प्रवर्धनका लागि जाेड दिँदै आएको उनले बताए।

ज्ञान केन्द्रबाट गत आर्थिक वर्ष २०७८/७९ मा २४ लाख र त्यसअघिको आर्थिक वर्ष २०७७/७८ मा ४० लाख रूपैयाँ अनुदान प्राप्त गरी बिउबिजन उत्पादन, कुखुरा पालनलगायत विभिन्न कृषि कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए। 

थुम्की–नाम्जे सामुदायिक होमस्टे सञ्चालन भइरहेको र अर्गानिक तरकारी उत्पादन जोड दिइएकाले सहकारीका लागि गाउँपालिकाबाट यसअघि ५ लाख अनुदान प्राप्त भएको पनि अध्यक्ष गुन्जमान मगरले बताए।

kalpana1676120887.jpg

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्