भारतको मेरठमा विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा घोडासहित ३ को मृत्यु
ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेहरू किला परीक्षितगढमा बिहेमा सहभागी हुन गएका थिए।मेरठ, माघ २८ : शनिबार बिहान भारतको मेरठको खरदोनी गाउँ नजिकै ट्रक र घोडबग्गी बीचको जुँध्दा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा बग्गीमा सवार तीनजना सँगै घोडाको पनि मृत्यु भएको छ।
ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेहरू किला परीक्षितगढमा बिहेमा सहभागी हुन गएका थिए। घर फर्कने क्रममा इन्चोली प्रहरी चौकी इलाका अन्तर्गतको खरदोनी गाउँ नजिक परालले भरिएको ट्रकसँग उक्त बग्गी ठोक्किएको थियो।
सूचना पाएलगत्तै गाउँपालिकाका प्रहरी उपरीक्षक अनिरुद्ध कुमार र इलाका प्रहरी अधिकृत आशिष शर्मा घटनास्थल पुगेका थिए।
प्रकाशित मिति: १६:४७ बजे, शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१