Kathmandu Press

अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती

राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका ८०० भन्दा बढी अफगान युवाहरू राष्ट्रिय सेनामा भर्ना भएका हुन्।
अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती

काबुल, माघ २८ : अफनिस्तानमा ८०० भन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन्।

राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका ८०० भन्दा बढी अफगान युवाहरू राष्ट्रिय सेनामा भर्ना भएका हुन्।

पश्चिमी हेरात प्रान्तको अल(फारुक आर्मी कोर्प्सबाट तीन महिनाको सैन्य प्रशिक्षण पूरा गरेपछि कुल ४८० मुजाहिदीन (पवित्र योद्धा) र काबुल मिलिटरी ट्रेनिङ सेन्टरबाट ३२२ जनालाई केही दिनअघि राष्ट्रिय सेनामा भर्ती गरिएको विज्ञप्तिमा उल्लेख गरिएकको छ।

अफगानिस्तानले आफ्नो सिमानाको रक्षा गर्न एक लाख ५० हजार सशक्त राष्ट्रिय सेना निर्माण गर्ने योजना बनाएको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खवराज्मीले बताएका छन्।

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, माघ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्