Kathmandu Press

फिलिपिन्समा सैनिक शिविरमा गोली चल्दा पाँच सैनिकको मृत्यु

हत्याका आरोपित सैनिकको पनि गोली लागेर निधन भएको छ।
फिलिपिन्समा सैनिक शिविरमा गोली चल्दा पाँच सैनिकको मृत्यु

मनिला, माघ २८ : फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ।

हत्याका आरोपित सैनिकको पनि गोली लागेर निधन भएको छ। घटना दिउँसो १ः१० बजे भएको हो। कागायन डे ओरो शहरको क्याम्प इभान्जेलिस्टा भित्र उक्त घटना भएको हो। कमाण्ड ड्युटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका हनुसार चार पीडितको घटनास्थलमै मृत्यु भएको हो।

शुरुमा गोली हानेपछि बन्दुकधारीले अर्को कोठामा प्रवेश गर्ने प्रयास गरेको तर अन्य सिपाहीहरूले आक्रमणकारीको बन्दुक कब्जा गरेर उसलाई नै गोली हानेको ब्रिनासले उल्लेख गरेका छन्।

अधिकारीका अनुसार गम्भीर घाइते सैनिकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गोली प्रहारको घटनाको अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, माघ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्