Kathmandu Press

डब्लुएचओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सो आग्रह गरेको हो।
डब्लुएचओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

काठमाडाैं, माघ २८ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यथाशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ।

सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सो आग्रह गरेको हो। डब्ल्युएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनः बल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुनेछ।

यद्यपि, डब्लुएचओले कोभिड-१९ महामारीको प्रतिरक्षा र खोपको खुराक छुटेका कारण बालबालिका सहित अन्य थुप्रै व्यक्तिहरूमा दादुराको सङ्क्रमण बढेको पाइएकाले यथाशीघ्र खोप अभियानलाई तीव्र पार्न अनुरोध गरेको छ।  

डब्ल्युएचओले युरोपेली देशहरूलाई पनि ढिलाइ नगरी स्वास्थ्य अनुसन्धान गर्न  र दादुराको निगरानी बढाउन आग्रह गरेको छ।

सन् २०१८ र २०१९ ठूला दादुराको प्रकोपपछि, लगभग  दुई लाख जनामा सङ्क्रमणका घटनाहरू उल्लेख गरिएको छ। 

प्रकाशित मिति: १२:४० बजे, शनिबार, माघ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्