Kathmandu Press

झापामा करेन्ट लागेर एकको मृत्यु

हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापामा करेन्ट लागेर एकको मृत्यु

झापा, माघ २७ : विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते हुनुभएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श्रेष्ठले आफैंले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँगेका थिए।

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्