Kathmandu Press

इजिप्टमा भवन भत्किँदा दुई जनाको मृत्यु, २० जना घाइते

उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै अन्य २० जना घाइते भएका छन् ।
इजिप्टमा भवन भत्किँदा दुई जनाको मृत्यु, २० जना घाइते

कायरो, माघ २८ : उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै अन्य २० जना घाइते भएका छन् ।

राजधानी कायरोको उत्तरमा रहेको बेहेरा प्रान्तमा रहेको उक्त भवन ग्यास सिलिन्डर विस्फोटका कारण भत्किएको हो। दुर्घटनामा दुई जना अझै बेपत्ता भएकाले भग्नावशेषमुनि बाँचेकाहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।

घटनास्थलमा ३० वटा एम्बुलेन्स पुगेर पीडितलाई नजिकैको सरकारी अस्पतालमा लगिएको छ भने भत्किएको भवनको वरिपरि प्रहरी घेराबन्दी गरिएको छ ।

प्रकाशित मिति: ११:५७ बजे, शनिबार, माघ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्