त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता दुई अर्ब २८ करोड
काठमाडौं, पुस १५ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयको बक्यौता रकम दुई अर्ब २८ करोडभन्दा बढी पुगेको छ।
विमानस्थल कार्यालयका अनुसार, ....

काठमाडौं, पुस १५ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयको बक्यौता रकम दुई अर्ब २८ करोडभन्दा बढी पुगेको छ।
विमानस्थल कार्यालयका अनुसार, कात्तिक मसान्तसम्म मात्रै दुई अर्ब २८ करोड दुई लाख ९० हजार रुपैयाँ उठाउन बाँकी छ। वायु सेवा कम्पनी, विमानस्थलमा संचालन भएको पसल तथा सरकारी कार्यालयले शुल्क नतिरेका हुन्।
विमानस्थलका कार्यालयका अनुसार, २६ वटा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको ८० करोड ५८ लाख ५० हजार र आन्तरिक उडानका १९ वायु सेवा कम्पनीको तीन करोड २२ लाख ६५ हजार रहेको छ।
केही बन्द भएका कम्पनीले पनि शुल्क तिरेका छैन। बन्द भएका २० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको २६ करोड ११ लाख ७६ हजार र १२ वटा आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीको आठ करोड ४३ लाख ७५ हजार बक्यौता रहेको छ।
यस्तै, विमानस्थलमा सञ्चालन भएका पसल तथा रेस्टुराले पनि भाडा तिरेका छैनन्। ८१ वटा पसल तथा रेष्टुराहरुको ३८ करोड १४ लाख ४४ हजार भाडा बाँकी रहेको छ। बन्द भएका ४१ वटा पसलहरुको पनि १५ करोड ३१ लाख ४२ हजार भाडा उठान बाँकी छ।
यससँगै १९ वटा सरकारी कार्यालयले पनि भाडा दिएका छैनन्। जुन ५६ करोड २० लाख ३६ हजार रुपैयाँ रहेको छ।
विमानस्थलमा अन्तराष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीको बक्यौता रकम ८० करोडभन्दा बढि छ। सामान्यतया विमानस्थल प्रयोग गरेबापत वायुसेवा कम्पनीले विमानस्थल कार्यालयलाई शुल्क तिर्नेगर्छन्।
वायुसेवा कम्पनीले ३० दिनभित्र शुल्क बुझाइसक्नुपर्छ। तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेका दुई नेपाली वायुुसेवा कम्पनीसहित २६ वटा कम्पनीले लामो समयदेखि विमानस्थल शुल्क भुक्तानी गरेका छैनन्।
विमानस्थल कार्यालयले पनि खासै ताकेता गर्दैन्। सञ्चालित अवस्थामा वायुसेवा कम्पनीसँग ताकेता गर्ने भन्दा पनि उनीहरु आफैले तिर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी त्रिलोचन पौडेलले बताए। र्छ। देशसँग जोडिएको कारणले पनि खासै ताकेता नगरिएको उनको भनाइ छ।










-1754206481.jpg)
