Kathmandu Press

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

गत वर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिक मात्रामा मात्र सफल भएको थियो।
भारतद्वारा नयाँ रकेट प्रक्षेपण

नयाँ दिल्ली, माघ २७ : भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ। योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ।

एक सय २० टन तौल भएको ३४ मिटर अग्लो  नयाँ  रकेटले स्थानीय समय अनुसार बिहान ९ः१८ बजे दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बंगालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो । 

गत वर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिक मात्रामा मात्र सफल भएको थियो।

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, माघ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्