Kathmandu Press

टर्की भूकम्प : एक्काइस हजार जनाको मृत्यु

टर्कीको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपिल गरेको छ।
टर्की भूकम्प : एक्काइस हजार जनाको मृत्यु

इस्तानबुल, माघ २७ : टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दसौं हजार घाइते भएका छन्।

टर्कीको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपिल गरेको छ। अन्तरराष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ। सिरिया र टर्कीएका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ।  

संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर टर्कीएको सिमाना पार गरेर सिरिया पुगेका छन्। यो सहायता सिरियाका लागि पहिलो अन्तरराष्टिय सहयोग हो। 

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ।

प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ। यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन्। बेलायतलगायत देशले टर्कीए र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन्।

अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ। अर्थमन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ। 

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, माघ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्