Kathmandu Press

माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

आज (बिहीबार) बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले कमलादीमा आइपिओ बाँडफाँट गरेको हो।
माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौं, माघ २६ : माया खोला हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँट भएको छ।

आज (बिहीबार) बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले कमलादीमा आइपिओ बाँडफाँट गरेको हो।

कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

उक्त आइपिओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये १ लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।  

मागभन्दा अधिक सेयरको आवेदन प्राप्त भएकोले गोलाप्रथाबाट १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिने जनाइएको छ।

माया खोला हाइड्रोपावर कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। विद्युत् उत्पादनको आन्तरिक परीक्षण सम्पन्न भइसकेको र नेपाल विद्युत् प्राधिकरणबाट परीक्षण भइरहेको र आगामी १५ दिनपछि व्यापारिक उत्पादन कार्य सुरु गरिने कम्पनीले जनाएकाे छ।

प्रकाशित मिति: १३:१६ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्