बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा
बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरूविरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन्।लन्डन, माघ २६ : युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकाे घोषणा गरेको छ।
बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरूविरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन्।
युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुगेका छन्। उनले बेलायतको संसद्लाई सम्बोधन गर्ने क्रममा यो घोषणा भएको हो।
यो घोषणा युक्रेनविरुद्ध ड्रोनजस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउनेछ वटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा संस्था विरुद्ध केन्द्रित हुनेछ। बेलायती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दवाब पर्ने बताएका छन्।
'यी नयाँ प्रतिबन्धहरूले पुटिनमाथिको आर्थिक दवाबलाई थप बलियो बनाउनेछ। युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाइ कमजोर पार्न म दृढ छु। यी कुराहरू हाम्रो कानुनसँग मेल खान्छन्,' उनले भने।
यो लागु प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी-कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकप्टरका पार्टपुर्जाहरू बनाउने कम्पनी र अन्य सैन्य उपकरणहरूको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी(एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ।
त्यसैगरी सैन्य उड्डयनमा संलग्न सफ्टवेयर कम्पनी टोपाज लगायतलाई पनि बेलायतले प्रतिबन्ध लगाएको छ। यसका अतिरिक्त कुलीन लक्षित व्यक्तिहरूमा बोरिस टिटोभ, निकोले एगोरोभ, सर्गेई रुडनोभ, स्वेतलाना क्रिभोनोगिख र विक्टर म्याचिन रहेका छन्।
यसबाहेक, बेलायत सरकारले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा एलेक्सी रेपिक, इभजेनी स्कोलोभ र पावेल टिटोभ समावेश छन्। रुस-युक्रेन युद्ध विगत एक वर्षदेखि निरन्तर जारी छ।