Kathmandu Press

मोबाइल डिभाइस म्यानजमेन्ट सिस्टम छिटो लागु गर्न माग

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले एमडिएमएस रोकिदा अबैध फोन कारोबार गर्नेलाई फाइदा पुगकोे भन्दै छिटो भन्दा छिटो लागू गर्न माग गरेको हो।
मोबाइल डिभाइस म्यानजमेन्ट सिस्टम छिटो लागु गर्न माग

काठमाडौं, माघ २५ : नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानजमेन्ट सिस्टम (एमडिएमएस) छिटोभन्दा छिटो लागू गर्न माग गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले एमडिएमएस रोकिदा अबैध फोन कारोबार गर्नेलाई फाइदा पुगकोे भन्दै छिटो भन्दा छिटो लागू गर्न माग गरेको हो। यसअघि पुष १५ गतेदेखि लागू हुने भनिएको एमडिएमएस अन्तिम समयमा आएर रोकिएको थियो।

संघका अध्यक्ष दिनेश चुल्याद्योलेले एमडिएमएस प्रणाली नेपालमा भित्रने मोवाइलहरुको तथ्याङ्क राख्ने तथा नियमन गर्ने प्रणाली भएको र अहिल प्रणालीमा समस्या नभई कर व्यवस्थापनमा समस्या देखिएको बताए। एमडिएमएस लागू नहुदा बार्षिक १४ अर्व बराबरको अवैध भन्सार नतिरि फोनहरु भित्रने उहाले दाबी गरे।

त्यस्तै उहाले अहिले कर तिरेर कारोवार गर्ने व्यवसायीहरुको मोवाइल बिक्रिबितरणमा कमि आएको बताउनुभयो। एमडिएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपूर्ण रहेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले एमडिएमएसलाई पूर्ण रुपमा लागू गर्न गृहकार्य नपुगेकाले तत्कालका लागि स्थगीत गरिएको बताए। उनले एमडिएमएसको परिक्षणकालमा व्यक्तिगत भन्दा पनि अवैध बजारबाट भित्रिएका मोवाइलको दर्ता भएको देखिएको बताए।

गत पुस १५ गतेदेखि दूरसञ्चार प्राधिकरणले एमडिएमएस कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो। तर, विदेशबाट एक भन्दा बढी मोबाइल ल्याउन नपाइने नियमसँगै चौतर्फी बिरोध पछि प्रधानमन्त्रीले एमडिएमएस रोक्न निर्देशन दिएका दिएका थिए।

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्