Kathmandu Press

पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतंकवादी मारिए

मंगलबार राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन्।
पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतंकवादी मारिए

इस्लामाबाद, माघ २५ : आतंकवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन्। मंगलबार राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन्। 

गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक-ए-तालिबान पाकिस्तानसँग सम्बन्धित आतंककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

Hardik ivf

कारबाहीका क्रममा आतंकारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ। कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ। अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतंकवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो।

अफगानीस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतंकवादी गतिविधि गरिरहेको छ। विभिन्न इस्लामिक सशस्त्र लडाकु समूहसँग आबद्ध तेहरिक–ए–तालिबानले निर्दोष नागरिक र भौतिक सम्पत्तिमाथि हमला गर्दै आएको छ।

प्रकाशित मिति: १३:५७ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्