गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल असार ५ देखि संचालनमा
काठमाडौं, फागुन २ : भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगामी असार ५ गते देखि संचालनमा आउने भएको छ ।
प्रधानमन्त्री क....
काठमाडौं, फागुन २ : भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगामी असार ५ गते देखि संचालनमा आउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको बैकल्पिक विमानस्थलको रुपमा हेरिएको भैरहवा विमानस्थल जुन २० अर्थात असार ५ गतेदेखि संचालनमा ल्याइने घोषणा गरेका हुन् ।
भैरहवा विमानस्थल संचालनमा आएपछि काठमाडौंको हवाई चाप घट्ने भएकोले सरकारले द्रुत गतिमा काम अगाडी बढाइरहको सम्बोधनमा प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
एसीयाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो । भूकम्प तथा भारतीय नाकाबन्दी एकवर्ष थकेलिएको थियो ।
२०१८ मा संचालनमा ल्याउने बताउँदै निर्माणको ठेक्का पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन र स्थानीय ठेकेदार संगको झगडाका कारण ७ महिना निर्माण कार्य ठप्प समेत भएको थियो ।
आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । तर लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ । भने यता मुअब्जाको लागि २३ अर्ब रुपैयाँ माग गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलको रुपमा हेरिएको छ । समयमा काम सम्पन्न नहुदाँ नेपाल आउने र जाने हवाई यात्रुले सास्ती व्योहोर्दै आएका छन् । विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ ।
यस विमानस्थलको स्तरोन्नतिसंगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइ रहेको छ । धावनमार्गको कालोपत्रेको काम सम्पन्न हुने चरणमा रहेको छ । भने टर्मिनल भवन समेत निर्माणको अन्तिम चरणमा पुगेको छ ।