Kathmandu Press

युद्ध अभ्यास विस्तार गर्न नेता किमको निर्देशन

सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उनले सुदृढ युद्ध तयारीका निम्ति निर्देशन दिएका हुन्। 
युद्ध अभ्यास विस्तार गर्न नेता किमको निर्देशन

सोल, माघ २५ : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिएका छन्।

सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उनले सुदृढ युद्ध तयारीका निम्ति निर्देशन दिएका हुन्। 

क्षेप्यास्त्र परीक्षण र हतियार प्रदर्शन गरेर कोरियाली प्रायद्वीपको शान्ति एवम् स्थायित्वलाई पहिलेदेखि नै उत्तेजक बनाएको उत्तर कोरियाली नेताले अतुलनीय शक्ति प्रदर्शन गर्न तथा विकासका नयाँ चरण खोल्न सशस्त्र सैन्य बललाई आदेश दिनुभएको देशको आधिकारिक समाचार समितिले जनाएको छ। 

उत्तर कोरियाले सैन्य परेडको योजना बनाइरहेका बेला उक्त बैठक भएको हो। आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमबाट नवीनतम शक्ति प्रदर्शन गर्ने प्योङयाङको तयारीले संयुक्त राज्य अमेरिका र एशिया–प्रशान्त क्षेत्रका उसका सहयोगीलाई थप चिन्तित बनाएको छ। 

नेता किमका शीर्ष सैन्य अधिकारीहरूको प्रतिनिधित्व रहेको आयोगका सदस्यहरूले सेनामा महान् परिवर्तन ल्याउने, युद्ध अभ्यासलाई निरन्तर विस्तार गर्ने र युद्धको तयारीलाई तीव्र गतिमा अघि बढाउनेबारेमा छलफल गरेका समितिले बताएको छ। बैठकमा सैन्य मामिलामा मौलिक सुधारका साथै त्यसको सुदृढीकरणमा जोड दिइएको थियो।

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, माघ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्