Kathmandu Press

टर्की भूकम्पमा ३७ सयभन्दा बढीको मृत्यु

समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। हजारौं मानिसहरू घाइते भएका छन्।
टर्की भूकम्पमा ३७ सयभन्दा बढीको मृत्यु

काठमाडौं, माघ २४ : टर्कीमा सोमबार बिहानै आएको ७।८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३७ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। हजारौं मानिसहरू घाइते भएका छन्।

Hardik ivf

सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भत्किएका छन्।

टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्‍याएको छ।

लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ। अहिलेसम्म ५० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो।

स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।

प्रकाशित मिति: ०८:०३ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्