दयाराम शर्मा बने नेपाल क्लियरिङ हाउसको अध्यक्ष
सञ्चालक समितिको बैठकले शर्मालाई क्लियरिङ हाउसको अध्यक्षमा चयन गरेको हो।
काठमाडाैं, माघ २३ : दयाराम शर्मा नेपाल क्लियरिङ हाउसको अध्यक्ष चयन भएका छन्। सञ्चालक समितिको बैठकले शर्मालाई क्लियरिङ हाउसको अध्यक्षमा चयन गरेको हो।
अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको सपथ लिएका छन्। तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपछि शर्मा अध्यक्ष बनेका हुन्।
नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।
प्रकाशित मिति: १९:१६ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











