Kathmandu Press

‘लगानीकर्ताको हितमा धेरै काम गरोका छौं’

धितोपत्र बोर्डको इतिहासमै पहिलो पटक क्रेडिट रेटिङ कम्पनीलाई कारबाही समेत गरेको र स्वार्थ बाझिएको कम्पनीलाई कारबाही गरिएको उनले बताए।
‘लगानीकर्ताको हितमा धेरै काम गरोका छौं’
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल ।

काठमाडौं, माघ २३ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताको हितको लागि धेरै ऐन, नीति, निर्देशनहरू संशोधन तथा परिमार्जन गरेको दाबी गरेका छन्।

सोमबार ललितपुरमा बोर्डको कार्य सम्पादन, निष्काशन अनुमति प्रकृया र विद्यमान अवस्था सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा हमालले लगानीकर्ताको हितको लागि पुँजी बजारको विकास र विस्तारका काम गरेको दाबी गरेका हुन्।

उनले पारदर्शी गुणस्तरीय, निष्पक्ष र प्रतिस्पर्धी पुँजी बजार निर्माणको लागि अझै बढी काम गर्ने बताए। धितोपत्र बोर्डको इतिहासमै पहिलो पटक क्रेडिट रेटिङ कम्पनीलाई कारबाही समेत गरेको र स्वार्थ बाझिएको कम्पनीलाई कारबाही गरिएको उनले बताए।

उनले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक शेयर निष्काशनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाइएको, वस्तु विनिमय संयन्त्र विकासका लागि आवश्यक कार्य अगाडि बढाइएको पनि उनले जानकारी दिए।

त्यस्तै हमालले पुराना ब्रोकर कम्पनीहरूलाई शाखा सञ्जाल विस्तार गर्न निवेदन दिएको १५ दिनभित्रै अनुमति दिनुपर्ने सिस्टम बनाउनका लागि काम अघि बढाएको बताए। धितोपत्र सम्बन्धी ऐन र नियमावली, निर्देशिका र विनियमावली अनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरूलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको उनले बताए।

अध्यक्ष हमालले धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यवस्थापकीय एवं अर्थतन्त्र बिस्तारमा नविनतम सुरुवात मार्फत धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन २०७८ फाल्गुनमा आफ्नो नियुक्ती भएको र अहिले सुधारका काम गरेपछि आफुबिरुद्ध नियोजित आरोपहरु लगाइएको तर्क गरे।

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्