Kathmandu Press

सेयर बजार ८.२१ अंकले ओरालो

काठमाडौं, फागुन २ : आज अत्याधिक कारोबार हुँदा पनि सेयर कारोकार ८.२१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १११२.८७  मा झरेको छ ।

....
सेयर बजार ८.२१ अंकले ओरालो

काठमाडौं, फागुन २ : आज अत्याधिक कारोबार हुँदा पनि सेयर कारोकार ८.२१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १११२.८७  मा झरेको छ ।

बिहीबार जम्मा ०.७३ प्रतिशतले घटेको बजारमा दुई अर्ब १६ करोड ६५ लाख ६ हजार चार सय ८२ रुपैयाँको किनवेच भएको छ । जसमा ८० लाख ९५ हजार ७२ कित्ता सेयर किनवेच भएको छ । जुन कारोबार अत्याधिक हो ।

एभरेष्ट बैंकको एकै व्यक्तिले संस्थापक सेयर ७२ लाख ३६ हजार तीन सय ७५ कित्ता विक्री गर्दा कारोबार रकम र कित्ता अध्याधिक बढेको हो ।

नेपाल राष्ट्र बैंकले एभरेष्ट बैंकको लाभांश वितरणमा रोक लगाएपछि संस्थापक बिके श्रेष्ठको परिवारले सेयर बिक्री गरेको छ । श्रेष्ठकै परिवारभित्रका राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठले प्रतिमा श्रेष्ठलाई शेयर बिक्री गरेपछि सेयर कारोबार रकम र संख्याको बृद्धि अत्याधिक बढेको हो ।

प्रति सेयर २६५ रुपैयाँको दरले १ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि पनि लाभांस वितरणमा रोक लगाउँदा बिकेले खलकभित्रै शेयर हस्तान्तरण गरेका थिए । बैंकको यसभन्दा अगाडि संस्थापक शेयरको सबैभन्दा धेरै कारोबार ४१ करोड रुपैयाँको भएको थियो ।

बिहीबारको कारोबारबाट बिकेको परिवारले नौ करोड रुपैयाँभन्दा धेरैको कर तिर्नुपर्नेछ ।

 

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, फागुन २, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्