Kathmandu Press

सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प, ११० भन्दा बढीको मृत्यु

'भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प, ११० भन्दा बढीको मृत्यु

बेरुत, माघ २३ : दक्षिणपूर्वी टर्कीको सिमानजिकै सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार ११० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ।

'भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि एक स्थानीय अस्पतालले एएफपीलाई टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो।

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गाजियान्टेप नजिकै स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा भूकम्पको धक्का महशुस गरिएको थियो।

प्रकाशित मिति: ११:५७ बजे, सोमबार, माघ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्