सवारी दुर्घटनामा टर्कीमा छ जनाको मृत्यु, ३६ घाइते

टर्की, माघ २२ : टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारमा आइतबार भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएकाे छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् । डेमिरोरेन समाचार एजेन्सीका अनुसार दिनार जिल्लाको काराबेदिर गाउँमा चालकले बसमाथि नियन्त्रण गुमाउँदा सो यात्रुवाहक बस पल्टिएको हो ।
उक्त बस दक्षिणपूर्वी प्रान्त दियारबाकिरबाट दक्षिणपश्चिमी प्रान्त मुग्लाको बोडरम जिल्लातर्फ जाँदै गरेको थियो । दुर्घटनापछि उद्धार टोली घटनास्थलतर्फ पठाइएको अधिकारीहरूले जनाएका छन् ।
प्रकाशित मिति: १८:२६ बजे, आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












