Kathmandu Press

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

काठमाडौं, माघ २२ : राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान  भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा  विशेष समारोह आयोजना हुने जनाएको छ ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गरेकी छन्। 

 उनले नवीन प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने  सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको सन्देशमा उल्लेख गरेकी छन्। 
 

प्रकाशित मिति: १०:१७ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्