शार्कको आक्रमणबाट किशोरीको मृत्यु
सिड्नी, माघ २१ : अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।
पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई टोकेपछि गम्भीर घाइते भएको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनलाई पानीबाट बेहोस अवस्थामा निकालिएको तर घटनास्थलमै मृत घोषित गरिएको फ्रेमेन्टल जिल्लाका प्रहरी निरीक्षक पल रोबिन्सनले बताए ।
शार्कको आक्रमणमा पर्दा किशोरी नदीमा साथीहरूसँग पोडी खेलिरहेको बुझिएको छ ।
'तिनीहरू जेट स्कीमा थिए । सम्भवतः नजिकै डल्फिनको एक समूह देखिएको थियो र किशोरी पोथी डल्फिनको नजिकै पौडी खेल्न हामफालेकी र सोही समय शार्कको आक्रमणमा परेकी थिइन् । नदीको त्यस भागमा शार्क फेला पर्नु असामान्य भएको मत्स्य विज्ञहरूले सुझाव दिएको रबिन्सनले बताए।
प्रकाशित मिति: २०:५३ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१