उत्तरी तान्जानियामा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु, १२ घाइते
तान्जानिया, माघ २१ : तान्जानियाको उत्तरी जिल्ला कोरोग्वेमा ट्रक र मिनीबस एकआपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।
टाँगाका क्षेत्रीय आयुक्त ओमरी मगुम्बाका अनुसार २६ जना मलामी सवार मिनी बस किलिमान्जारो क्षेत्रको मोशीतर्फ जाँदै गर्दा शुक्रबार राति दुर्घटना भएको थियो ।
गाडीलाई ओभरटेक गर्दा चालकले सावधानी नअपनाउँदा मिनीबससँग ट्रक ठोक्किएर दुर्घटना भएको मगुम्बाले बताए।
घाइतेमध्ये १० जनालाई उपचारका लागि टाँगा क्षेत्रीय सरकारी अस्पतालमा लगिएको छ भने दुई जनाको कोरोग्वे जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने मृतकको सनाखत भइसकेको छ ।
प्रकाशित मिति: १८:५८ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१