बर्दिबासमा बस दुर्घटना, कांग्रेस महासमिति सदस्यको मृत्यु
महोत्तरी, पुस २२ : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसक....
महोत्तरी, पुस २२ : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ।
महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। काठमाडौँबाट आउँदै गरेको ना ५ ख ६४११ नम्बरको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना ४ ख ५८१३ नम्बरको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको हो।
दुर्घटनामा परी नेता राय गम्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पु¥याइएको लगिएको थियो। अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ बजेतिर चिकित्सकले मृत घोषणा गरेको आफन्त असिम दुबेले बताए।
राय २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थिए। उनले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए।
दुर्घटनामा परी १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित यात्रु पनि घाइते भएका छन्। उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।