Kathmandu Press

स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलंकामा ५८८ जना बन्दी रिहा

ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिन लागिएको हो। 
स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलंकामा ५८८ जना बन्दी रिहा

काेलम्बाे, माघ २१ : श्रीलंकाले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना  कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ।

ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिन लागिएको हो। 

श्रीलंकाकको संविधानको धारा ३४ अनुसार राष्ट्रपतिमा निहित अधिकारको प्रयोग गरी ती कैदिबन्दीलाई रिहा गर्न लागिएको अधिकारीहरूले जनाएका छन्।   

गत वर्षको स्वतन्त्रता दिवसको उपलक्ष् १९७ जना बन्दीलाई रिहा गरिएको थियो। श्रीलंका  सन् १९४८ फेब्रुअरी ४ मा मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो।  आज  उसले ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ। 

प्रकाशित मिति: १३:०२ बजे, शनिबार, माघ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्