Kathmandu Press

बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

हेटाैंडा, माघ २१ : बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब १९ करोड  ६७ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय  हेटौँडाका अनुसार चालु आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।

Hardik ivf

चालु आव २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ।

सो अवधिमा सरकारले १६ अर्ब १५ करोड रुपैयाँ विभिन्न शीर्षकबाट राजस्व संकलन गरेको छ । चालु आवको ६ महिनामा उक्त राजस्व संकलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत आवको तुलनामा कम रहेको छ ।

गत आवको ६ महिनामा सरकारले आठ अर्ब खर्च गरेको थियो भने सो अवधिमा सरकरले २३ अर्ब राजस्व संकलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व संकलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ ।

सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहको विषयमा अध्ययन भइरहेको उहाँको भनाइ रहेको छ । छ महिनामा खर्च भएकोमध्ये रु छ अर्ब २१ करोड ८६ लाख १८ हजार पाँच सय ६३  चालु र चार अर्ब ३७ करोड ८१ लाख ६१ हजार आठ सय ५९ रुपैयाँ पुँजीगत खर्च हो ।

प्रकाशित मिति: १२:०४ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्