Kathmandu Press

कतारमा कीराफट्याङ्ग्रालाई खाद्य प्रयोगमा प्रतिबन्ध

कतारमा कीराफट्याङ्ग्रालाई खाद्य प्रयोगमा प्रतिबन्ध

दोहा, माघ २० : युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कीराजन्य पदार्थको सेवनले हलाल (मासु वा प्रोटिनजन्य) खाद्य प्राविधिक नियमको आवश्यकता पूरा नगरेको जनाएको छ ।

'गल्फ कोअपरेसन काउन्सिल नियम र अधिकारीहरूको धार्मिक रायले ‘कीराफट्याङ्ग्रा वा प्रोटिन’ र तिनीहरूबाट निकालिएका पूरक पदार्थहरूको उपभोगमा प्रतिबन्ध लगाएको छ,' विज्ञप्तिमा भनिएको छ ।

कतारले भनेको छ, 'केही देशले खाद्य उत्पादनमा कीराफट्याङ्ग्राको प्रयोगलाई स्वीकृति दिने निर्णय गरेपछि यो घोषणा गरिएको हो ।'

कतारले देशहरूको पहिचान नखुलाए पनि यूरोपेली आयोगले गत महिना कम खाने कीराको लार्भा र खानामा प्रयोगका लागि घरायसी कीराबाट भएको उत्पादनलाई स्वीकृति दिएको थियो ।

किराफट्याङ्ग्राहरू लामो समयदेखि संसारभरका समुदायहरूमा प्रोटिनको स्रोत रहँदै आएका छन् तर उच्च स्तरको हरितगृह ग्याँससँग सम्बन्धित मासु र अन्य खाद्य पदार्थहरूको विकल्प खोज्न दबाब बढ्दै जाँदा यसको खपत फैलिएको छ ।

ईयूले अहिले चारवटा कीरालाई ‘नयाँ खाना’ का रूपमा मान्यता दिएको छ ।

कीराहरू भएका सबै उत्पादनहरू स्पष्ट रूपमा लेबल हुनुपर्दछ ।

शिक्षाविद्हरूका अनुसार कीराफट्याङ्ग्रा खान सकिन्छ कि सकिँदैन भन्नेबारे इस्लामी कानुनमा कुनै स्पष्ट व्यवस्था छैन ।  

अधिकांशले कुरानमा उल्लेख गरिएझैं सलह वा ‘विटल’ प्रजातीका कीरा खान अनुमति भएको बताउने गरेका छन् । तर इस्लामी कानुनका थुप्रै विद्वान्हरूले कीराहरूलाई फोहोरी हुने कारण खानाका लागि अशुद्ध ठानिएकाले तिनीहरूको प्रयोगलाई इन्कार गर्छन् ।

कतारका अनुसार हलाल नियमको पालना मन्त्रालयबाट मान्यता प्राप्त इस्लामिक निकाय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामार्फत गरिएको छ जसले खाद्य पदार्थमा पाइने प्रोटिनको स्रोत निर्धारण गर्छ ।

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, माघ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्