Kathmandu Press

सवारी दुर्घटनामा पाकिस्तानमा अठारको मृत्यु

पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ।
सवारी दुर्घटनामा पाकिस्तानमा अठारको मृत्यु

इस्लामावाद, माघ २० : पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ।

पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपसमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए।सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ। विपरीत तर्फबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो।

सो प्रान्तका सडकहरुमा सडक दुर्घटना बढी मात्रामा हुने गर्दछ। यहाँका सडकको अवस्था एवं सवारी चालकहरुको बेपर्वाहका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ।

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, माघ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्