Kathmandu Press

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई जना आतंककारी मारिए

आतंकवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने संकल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ।
पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई जना आतंककारी मारिए

इस्लामावाद, माघ २० : उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतंककारी मारिएका छन्।

देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतंककारी मारिएका हुन्। खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतंककारीबीच भएको दोहोरो झडमा ती आतंककारी मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज जनाएको छ। 

आतंकवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने संकल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ।

सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता विज्ञप्तिमा व्यक्त गरिएको छ। 

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, माघ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्