Kathmandu Press

अल सबाबका विरुद्धमा एक भएर लड्न अफ्रिकी नेताहरु सहमत

ती नेताहरुले अफ्रिकी देश सोमालियामा अल सबाबले कैयौँ मानिसको ज्यान लिनेगरी जारी राखेको हिंसात्मक हमलाका विरुद्धमा एक भएर लड्ने सहमति जनाएका हुन्।
अल सबाबका विरुद्धमा एक भएर लड्न अफ्रिकी नेताहरु सहमत

काठमाडाैं, माघ १९ : सोमालियाको मोगादिसुमा भएको एक बैठकमा अफ्रिकाका नेताहरु सोमालियाको आतंककारी समूह अल सबाबका विरुद्धमा एक भएर लड्न सहमत भएका छन्।

ती नेताहरुले अफ्रिकी देश सोमालियामा अल सबाबले कैयौँ मानिसको ज्यान लिनेगरी जारी राखेको हिंसात्मक हमलाका विरुद्धमा एक भएर लड्ने सहमति जनाएका हुन्।

ती देशहरुले अल सबाबका विरुद्धमा लड्ने विशेष कार्ययोजना बनाएर लड्ने जनाएका हुन्। यसका लागि आगामी दिनमा समन्वयकारी कार्यक्रम ल्याइने पनि उनीहरुको भनाइ छ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मद, केन्याका राष्ट्रपति विलियम रुतो, इथियोपियाका प्रधानमन्त्री अबि अहमद अलिले सो सहमति गरेका हुन्।

उनीहरुले अल सबाबका विरुद्धमा लड्न सुरक्षा क्षेत्रमा लगानी गर्ने र राम्रा हतियार र सुरक्षाकर्मीहरु एक भएर लड्ने उनीहरुले जानकारी दिए।

उनीहरुले विश्व समुदायलाई पनि सोमालियाको हिंसा अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका थिए।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदलाई पनि सोमालियाका अल सबाबले प्रयोग गरेका घातक हतियारको निगरानी गरेर प्रतिबन्ध लगाउन आग्रह अफ्रिकी नेताहरुको आग्रह थियो।

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, माघ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्