Kathmandu Press

दुई लघुवित्तले घोषणा गरे लाभांश

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। 
दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौं, माघ १९ : आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन्। दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। 

आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद गरी कूल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल लघुवित्त संस्थाको चुक्ता पुँजी रु दुई करोड सात लाख छ।

यस्तै, नाडेप लघुवित्तले १० दशमलव ५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो। लघुवित्तको चुक्ता पुँजी रू ४८ करोड ५७ लाख ६० हजार छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्