Kathmandu Press

कालिञ्चोक दर्शनकाे आइपिओ बाँडफाँट

गोलाप्रथाका माध्यमद्वारा अधिकतम १० कित्ताका दरले बाँडफाँट गरिएको आइपिओ १८ हजार ६४० जनाले पाएका छन्। 
कालिञ्चोक दर्शनकाे आइपिओ बाँडफाँट

काठमाडौं, माघ १९ : कालिञ्चोक दर्शन लिमिटेडले आइपिओ बाँडफाँट गरेको छ।

माघ ३ देखि ६ गतेसम्म सर्वसाधारणका लागि खुलाएको आइपिओ आज (बिहीबार) बाँडफाँट गरेको हो।

आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए। ८ हजारको आवेदन रद्द भएको थियो। गोलाप्रथाका माध्यमद्वारा अधिकतम १० कित्ताका दरले बाँडफाँट गरिएको आइपिओ १८ हजार ६४० जनाले पाएका छन्। 

आवेदकहरुले १ करोड ६६ लाख ७० हजार कित्ताभन्दा बढीका लागि आवेदन दिएका थिए। १४ लाख ६५ हजार ७६३ जना आवेदकमध्येबाट १० कित्ताका दरले ८ करोड ९६ लाख ४०० रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणले पाएका छन्।

कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ। कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ।

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्