Kathmandu Press

२८ वाणिज्य बैंकको नाफा ३० अर्ब ८१ करोड, कुनको कति ?

काठमाडौं, फागुन २ : वाणिज्य बैंकहरूले ६ महिनामा उल्लेख्य नाफा कमाएका छन् । २८ वाणिज्य बैंकले ३० अर्ब ८१ करोड ९४ लाख ७१ हजार रुपैयाँ कमाएका छन् । जुन ग....

२८ वाणिज्य बैंकको नाफा ३० अर्ब ८१ करोड, कुनको कति ?

काठमाडौं, फागुन २ : वाणिज्य बैंकहरूले ६ महिनामा उल्लेख्य नाफा कमाएका छन् । २८ वाणिज्य बैंकले ३० अर्ब ८१ करोड ९४ लाख ७१ हजार रुपैयाँ कमाएका छन् । जुन गत वर्षको तुलनामा ३० प्रतिशत बढी हो ।

६ महिनामा १५ बैंकले अर्ब बढी नाफा कमाएका छन् । भने  राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ४० करोड ९९ लाख नाफा कमाएका छन् ।  नविल बैंक २ अर्ब १७ करोड ६८ लाख र  नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सबैभन्दा कम नाफा कमाउने बैंकको सिभिल बैंक रहेको छ । बैकले सिभिलले ३५ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।चालु आर्थिक वर्षको शुरुवाती महिनादेखि नै बैंकिङ प्रणाली तरलता अभावको समस्याले नराम्रोसँग जेलिएको भएपनि नाफा भने राम्रो गरेका छन् ।

ब्याज बढी लिएको आरोप उद्योगी र व्यावसायीहरुले लगाउँदै आन्दोलन समेत गरिरहेका छन् ।

 

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, फागुन २, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्