Kathmandu Press

पाकिस्तानमा डुंगा डुब्दा बाउन्न विद्यार्थीको मृत्यु

ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कुले केटाकेटी हुन्। उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए।
पाकिस्तानमा डुंगा डुब्दा बाउन्न विद्यार्थीको मृत्यु

इस्लामाबाद, माघ १५ : उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुंगा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२  पुगेको छ।

प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन्। ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कुले केटाकेटी हुन्। उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए।

गोताखोरले  १६ जनालाई उद्धार गरेका थिए। उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो।

हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन्।

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, माघ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्