Kathmandu Press

भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु

समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो। त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन्।
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु

काठमाडाैं, माघ १८ : भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ।

समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो। त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन्।

Hardik ivf

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन्। पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन्।

आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ। आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्