भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
नयाँ दिल्ली, माघ १७ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६.१ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले आज गरेको हो ।
सन् २०२३ को आर्थिक वृद्धि दरमा केही सुधार भई ६.८ प्रतिशत कायम रहने प्रक्षेपण आइएमएफले गरेछ । आन्तरिक मागका कारण आर्थिक वृद्धिमा योगदान हुनेछ । आज सार्वजनिक भएको ‘विश्वको आर्थिक परिदृश्य’मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटरशुक्रबार, वैशाख १४, २०८१
राष्ट्र बैंकको २०८० साल आर्थिक अवस्थाको दृष्टिकोणले मिश्रित : गभर्नर अधिकारीशुक्रबार, वैशाख १४, २०८१
हिमालयन हाइड्रो एक्स्पो २०२४ समापनशुक्रबार, वैशाख १४, २०८१
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षरशुक्रबार, वैशाख १४, २०८१