Kathmandu Press

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अंकले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ।
नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौं, माघ १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अंकले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अंकले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ। कारोबार भएका कूल कम्पनीमध्ये नौ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ। 

त्यस्तै दुई सय चार कम्पनीको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ। कूल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर रू तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ।  कम्पनीको रू १७ करोड ६५ लाख ४० हजार बराबरको शेयर कारोबार भयो। रिडी पावर कम्पनी रू १० करोड ४८ लाख ९२ हजार आठ सय सात, पिपुल्स पावर कम्पनी रू नौ करोड ५६ लाख २९ हजार छ सय ९७, माथिल्लो तामाकोसी रू नौ करोड ३५ लाख ९२ हजार आठ सय ८८ र अपि पावर कम्पनी रू सात करोड ७७ लाख ९३ हजार नौ सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। बाराही हाइड्रोपावर छ दशमलव ५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स पाँच दशमलव १४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव शून्य तीन प्रतिशतले कमाएका छन्।
 
त्यस्तै युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर सात दशमलव १४, श्वेतगङ्गा हाइड्रोपावर छ दशमलव ७१, सगरमाथा इन्स्योरेन्स छ दशमलव ४४, सयपत्री हाइड्रोपावर पाँच दशमलव ८० र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य पाँच दशमलव ७४ प्रतिशतले घटेको छ। आजको कारोबारपछि बजार पुँजीकरण रू ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार तीन सय ३६ कायम भएको छ। 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्