Kathmandu Press

जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु

प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ। 
जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु

टाेकियाे, माघ १६ : जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना वेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ।

प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ। 

'दुवै पुरुषलाई ‘कार्डियो रेस्पिरेटरी अरेस्ट’ भएको पाइएको छ,' उनले भने। यो चिकित्सकद्वारा मृत्यु भएको पुष्टि गर्नुअघि जापानमा प्रयोग हुने शब्द हो।

हिम पहिरोमा परी हराएकामध्ये तीन जनालाई स्की रिसोर्टको गस्ती क्षेत्रबाहिरबाट उद्धार गरिउको थियो । उक्त समूहका अन्य ११ जना पहिरोबाट सामान्य घाइते अवस्थामा आफै सुरक्षितस्थलमा पुगेका बताइएको छ। 

गत हप्ता, नागानोसहित जापानको धेरै भागमा हिम बर्षा हुँदा अधिकांश क्षेत्रमा भारी हिउँले ढाकेको र धेरै विदेशी पर्यटकहरू हिउ खेल्नलाई ती क्षेत्रमा पुगेको बताइएको छ।

उक्त क्षेत्रमा अझैपनि हिम पहिरो र हिमपातको चेतावनी जारी गरिएको छ। जापानी माउन्टेन ग्याजेट पत्रिकाका अनुसार नागानोमा आइतबार भएको हिमपहिरोमा परी ३१ वर्षीय पेशेवर अमेरिकी स्की खेलाडी यर काइल स्माइनको मृत्यु भएको थियो।

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, माघ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्